icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

विद्युत् व्यापारबाट नेपाललाई साढे चार अर्बको फाइदा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा विद्युत् व्यापारबाट नेपालले करिब रु साढे चार अर्ब नाफा कमाएको बताएका छन्।

Workplace

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार, नेपालले यस वर्ष विद्युत् आयातको तुलनामा रु साढे चार अर्ब बढीको बिजुली विदेशमा निर्यात गर्न सफल भएको हो।

“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा बढीको निर्यात) गर्ने सफलता पाएका छौँ। विद्युत् आयातको परिमाण क्रमशः घटाउँदै लगिरहेका छौँ,” प्रधानमन्त्री ओलीले लेखेका छन्।

उनका अनुसार विगतमा घरेलु उपभोगतर्फ लोडसेडिङ हटे पनि उद्योग क्षेत्रमा अझै विद्युत् आपूर्ति अपूरा थिए। तर अहिले उद्योगमा पनि आवश्यक मात्रामा बिजुली प्रवाह बढाइएको छ।

उर्जा क्षेत्रमा देखिएको यो प्रगति नेपालका लागि आर्थिक मात्र नभई ऊर्जा स्वाधीनताको दिशामा पनि महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?