खिम खड्का
काठमाडौ , ३० असार । दुबईमा रोजगारीको लागि गएका ५ युवा बिगत ३ महिना देखि अलपत्र भएकोमा सरोकार केन्द्रले दुबईमा रहेको मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा उद्दार गरि आज नेपाल फर्काएको छ ।

उद्दार गरिएकोमा शिबम थापा मगर , दिपेन्द्र कार्की , विशाल कोलि , छक बहादुर थापा र सोम बहादुर थापा छ्न । ५ जना मध्ये ४ जना ३ महिना अगाडि Shan AB international मेनपावर र १ जना १ महिना अगाडि Link international बाट रोजगारीको लागी दुवई गएका थिए ।
श्रम गरेर मेनपावर मार्फत बिदेश गएका ५ जनाले नै मेनपावरलाई लेबर भिषामा प्रती ब्यक्ती एक लाख ८० हजार बुझाएर गएकोमा कम्पनिले भने अनुसारको काम र तलब नदिए पछि कम्पनीमा उक्त कुरा राख्दा कुटपिट गरि कम्पनीले निकालेर अलपत्र पारे पछि पिडितले उद्दारको लागि मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमलाई आग्रह गरे पछि उक्त टिमले उनिहरुलाइ उद्दार गरेको हो ।
उद्धार पश्चात उनिहरुलाई आफ्नो सेफ हाउसमा ३३ दिन सम्म राखी सरोकार केन्द्रको पहलमा नेपाल ल्याउन सफल भएको सरोकार केन्द्रका अध्यक्ष गोबिन्द पन्थीले बताए । सरोकार केन्द्र नेपालमा र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम दुबईमा पछिल्लो दिनमा अलपत्र युवा युवतीको आशाको केन्द्र बन्न सफल भएको छ । उक्त केन्द्रले पछिल्लो २ हप्तामा १० जनाको उद्दार गर्न सफल भएको छ ।
