स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने दिवाखाजा कार्यशाला सुरु गरेको छ।
  • बालबालिकाको पोषण र स्वास्थ्य सुधारका लागि स्थानीय रैथाने बालीको प्रयोगमा जोड दिइएको छ।
  • दिवाखाजा व्यवस्थापन गर्दै स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिई स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने लक्ष्य छ।
छायाँनाथ रारा नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्रका ४४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण तथा मेनु निर्माण कार्यशाला’ सुरु भएको छ।
विद्यालय उमेरका बालबालिकाहरूको स्वास्थ्य, पोषणको अवस्थामा सुधार ल्याउन र स्थानीय स्तरमा उत्पादित खाद्यान्नको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो।
स्थानीय उत्पादन र विद्यार्थीको स्वास्थ्यमा जोड
कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुखले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बजारका तयारी खाना (जङ्क फुड) भन्दा स्थानीय स्तरमा उत्पादित सिमी, कोदो, फापर, चिनो, कागुनो, आलु जस्ता रैथाने बाली बढी।
फाइदाजनक हुने बताउनुभयो। संघीय सरकारको रैथाने रैथाने उत्पादनमा आधारित दिवाखाजा कार्यक्रमको नीति अनुरुप नगरपालिकाले यसलाई मुख्य प्राथमिकतामा राखेर अघि बढाएको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृतले विद्यालयमा दिवाखाजा व्यवस्थापनलाई चुस्त बनाउन, खाजाको गुणस्तर कायम राख्न र स्थानीय किसानहरूबाटै कृषि उपज खरिद गरी स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउन प्रधानाध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने

छुटाउनुभयो कि ?