चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौं : शिक्षामन्त्री पोखरेल

समाचार सारांश
Auto Generated by AI
  • शिक्षामन्त्री सस्मित पोखरेलले चार वर्षभित्र विश्वविद्यालयबाट राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
  • अबदेखि विश्वविद्यालयका नियुक्ति तथा प्रशासनिक काम राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता प्रणालीबाट गरिनेछ।
  • विश्वविद्यालयको स्वायत्तता जोगाउन मन्त्रालयले राजनीतिक दबाबको प्रतिरोध गर्ने र प्राज्ञिक वातावरण सुधार गर्ने दृढता व्यक्त गर्नुभएको छ।

काठमाडौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Workplace

बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभएको हो । विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पार्नुभयो ।

विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले आफ्नै दल वा अन्य कुनैपनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, ‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसी (योग्यता) का आधारमा निर्माण हुनेछ । विश्वविद्यालयमा अब कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन् । यदि कुनैपनि प्रकारको राजनीतिक दबाब आयो भने शिक्षामन्त्रालयलाई तुरुन्त जानकारी गराइदिनुहोस् । हामी विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने प्रतिवद्धतासहित काम गर्नेछौँ । हाम्रो पार्टी वा अन्य कुनैपनि पार्टीबाट दबाब आएमा त्यसको प्रतिरोध गर्न हामी सधैँ तयार रहनेछौँ। यही प्रतिबद्धता आज यस सभामार्फत पनि पुनः व्यक्त गर्न चाहन्छु । अब विश्वविद्यालयमा हुने सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुनेछन् । जे हुनुपर्ने हो, त्यही हुनेछ । राजनीतिक हस्तक्षेप अब हुनेछैन ।’

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता दोहोर्‍याउनु भयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?