बैतडीको ढोल्यामोड–पुर्चौडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • बैतडीको ढोल्यामोड–पुर्चौडी सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ।
  • पहिरोका कारण सवारीसाधन र पैदल यात्रुलाई आवतजावतमा कठिनाइ भइरहेको छ।
  • दुईवटा जेसिबी प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ भने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – बैतडीको ढोल्यामोड–पुर्चौडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका–७ चिसापानी क्षेत्रमा आज दिउँसो करिब ३ बजेतिर सुख्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

Workplace

अविरल वर्षापछि खसेको पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिनाइ भैरहेको स्थानीय अम्मरराज जोशीले बताउनुभयो ।

- Advertisement -Workplace

दुई ओटा जेसिबीले पहिरो हटाउने काम भइरहेको पुर्चौडी नगरपालिका-७ का अध्यक्ष धीरेन्द्र बमले जानकारी दिनुभयो । नगरपालिका र निर्माण व्यवसायीको जेसिबिले पहिरो सफा गर्ने कार्य भैरहेको उहाँले बताउनुभयो ।

“उक्त क्षेत्रमा ३/४ दिनदेखी सुख्खा पहिरो खसिरहेको छ ।आज बिहान मात्रै पहिरो हटाएका थियौं । फेरी अहिले पहिरो खसेको छ” उहाँले भन्नुभयो।

सडक अवरुद्ध भएकाले उक्त मार्ग प्रयोग गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायको सूचनाको पालना गर्न आग्रह गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?