शिक्षामन्त्री विरुद्ध नाराबाजी गर्ने पाच जना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गएका शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन भएको छ।
  • विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको विरोध गर्ने पाँच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रदर्शनकारीले प्रधानमन्त्री र शिक्षामन्त्रीले विश्वविद्यालयको नेतृत्व गर्ने व्यवस्था खारेज गर्न माग गरेका छन्।

काठमाडौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Workplace

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ ‘मेरिटोक्रेसी लागू गर’ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था खारेज गर जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

प्रहरीले स्थिति थप अशान्त हुन नदिन र सुरक्षा व्यवस्था सहज बनाउनका लागि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको सहकुलपतिका रूपमा वार्षिक दिवस समारोह तथा सभाको बैठकलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए। तर उनी कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममै युवा तथा विद्यार्थी समूहले विरोध सुरु गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?