icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

आज मिति २०८२ वैशाख ३१ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। स्वदेशी भन्दा विदेशी रमझममा मन आकर्षित रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। मित्र बढ्नेछन्।

वृष : तपाईंका लागि दिन राम्रो छ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। शिक्षामा जोसजाँगर बढ्ने। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। जिम्मेवारी थपिने छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारबाट फाइदा हुनेछ।

कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। घाटा बढ्ने जोखिम छ। जिम्मेवारी थपिँदै जानेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ।

कन्या : कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ। दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

तुला : सम्पत्तिका स्रोत पत्ता लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ।

वृश्चिक : मन शान्त रहनेछ। आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ।

धनु : सानो कुराले मन अशान्त बन्ने जोखिम छ। आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ। परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ। विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ। परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त रहेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ। सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मीन : शिक्षामा प्रगति हुनेछ। मध्य साढेसातीका कारण बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। लगानी नै गर्ने भए परिवारको तर्फबाट गर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?