आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसमा सभापति थापा र इतर पक्षबीच बढेको विवादले पार्टी विभाजनको जोखिम बढाएको छ।
  • इतर समूहले आफ्ना माग सुनुवाइ नभए राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्ने रणनीति बनाएको छ।
  • पार्टी जोगाउन सभापति थापाले परिपक्वता देखाउँदै सबै पक्षलाई मिलाएर लैजानुपर्ने चुनौती देखिएको छ।

काठमाडौ –  आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापा र संस्थापन इतर पक्ष—पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो ।

Workplace

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ । इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।

- Advertisement -Workplace

वीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई पाखा लगाएर केवल युवा जोशका भरमा मात्रै पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ । तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो १५औँ महाधिवेशनअघि ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ्न सभापति गगन थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ । उज्यालो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?