आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसमा सभापति थापा र इतर पक्षबीच बढेको विवादले पार्टी विभाजनको जोखिम बढाएको छ।
  • इतर समूहले आफ्ना माग सुनुवाइ नभए राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्ने रणनीति बनाएको छ।
  • पार्टी जोगाउन सभापति थापाले परिपक्वता देखाउँदै सबै पक्षलाई मिलाएर लैजानुपर्ने चुनौती देखिएको छ।

काठमाडौ –  आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापा र संस्थापन इतर पक्ष—पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो ।

Workplace

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ । इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।

वीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई पाखा लगाएर केवल युवा जोशका भरमा मात्रै पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ । तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो १५औँ महाधिवेशनअघि ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ्न सभापति गगन थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ । उज्यालो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?