
- मुगुका ४६ वर्षीय अक्कल बोहोरा कर्णाली प्रदेशबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन्।
- कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उनले आफ्नै खर्चमा सन् २०२५ मा यो सफलता हासिल गरेका हुन्।
- पूर्व प्रहरी र समाजसेवी बोहोराले मुगुको शिक्षा तथा विपन्न वर्गको क्षेत्रमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएका छन्।
कर्णाली प्रदेश बाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति मुगु जिल्ला का ४६ वर्षीय अक्कल बोहोरा भनेका छन। पूर्व म्याराथन धावक समाजसेवी तथा स्पेनमा व्यवसाय सञ्चालन गर्दै। आएका बोहोरा सन् २०२५ मा सगरमाथा आरोहणमा सफल भएका हुन्। उनी छायाँनाथ रारा नगरपालिका वडा नं१३ थार्प गाउँ निवासी बोहोरा हुन् उनि रारा ताल र कर्णाली नदीको पानी तथा रारा तालको बोकेर सगरमाथा आरोहणमा निस्केका थिए,

जसको उद्देश्य रारा ताल र कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्नु उद्देश्यले उनले आफ्नै खर्चमा सगरमाथा आरोहण गरेका थिए जसमा करिब ४३ लाख रुपैयाँ खर्च भएको थियो।बोहोरा पूर्व सशस्त्र प्रहरी बलका हवल्दार एवं अक्कल कोपिला फाउन्डेशन का अध्यक्ष पनि हुन्। मुगु जिल्ला को हक म थुपरै सहयोग गरेका छन। उनले मुगु जिल्लाको शैक्षिक क्षेत्रमा र विपद दुःखी गरिबी असाय व्यक्तिका लागि सहयोग गर्दै आएका छन् यो प्रयासले कर्णाली प्रदेशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
सगरमाथा आरोहण गर्ने कर्णाली प्रदेशको पहिलो व्यक्ति । मुगुका अक्कल बोहरा हुन्।
उचाइ: यसको पछिल्लो आधिकारिक उचाइ ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) रहेको छ, जुन नेपाल र चीनले संयुक्त रूपमा २०७७ सालमा सार्वजनिक गरेका थिए.
अवस्थिति: यो नेपालको कोशी प्रदेश र चीनको तिब्बतको सिमानामा पर्दछ.प्रथम आरोहण: सगरमाथाको शिखरमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सन् १९५३ मे २९ मा पाइला टेकेका थिए.
- विभिन्न नाम: यसलाई तिब्बती भाषामा चोमोलुङ्मा र अङ्ग्रेजीमा माउन्ट एभरेस्ट भनिन्छ. नेपालमा यसलाई ‘सगरमाथा’ नाम इतिहास शिरोमणि बाबुराम आचार्यले दिएका हुन्।

