मदन भण्डारी स्पोर्ट्स एकेडेमी (भारत) द्वारा क्रिकेट प्रतियोगिता आयोजना

नयाँ दिल्ली  – मदन भण्डारी स्पोर्ट्स एकेडेमी (भारत) द्वारा आगामी अप्रिल १२ र १३, २०२५ मा बाबा सूरदास क्रिकेट मैदान, फरिदाबादमा भव्य क्रिकेट प्रतियोगिता आयोजना गर्ने  भएको छ। नेपाली खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्न र खेल क्षेत्रको उन्नयन गर्न उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय इन्चार्ज तथा   संस्थाका  संस्थापक   गोपाल थापाले जानकारी दिएका छ्न ।

Workplace

मदन भण्डारी स्पोर्ट्स एकेडेमी (भारत) ले सन् २०१७ मा स्थापना भएदेखि नै वार्षिक खेल प्रतियोगिता आयोजना गर्दै आएको छ। संस्थाले २६ जनवरीको दिन भलिबल प्रतियोगिता तथा नेपाली नयाँ वर्षको उपलक्ष्यमा क्रिकेट प्रतियोगिता आयोजनालाई आफ्नो वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत समेट्दै आएको आयोजकले जानकारी दिएको छ। यस पटकको क्रिकेट प्रतियोगितासमेत वार्षिक खेलकुद कार्यक्रमको निरन्तरता स्वरूप आयोजना गर्न लागेको अध्यक्ष पदम गाहा लगायत आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन प्रति टोली रु ११,००० दर्ता शुल्क राखिएको छ भने खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्न र   बाबुआमा नेपाली नागरिक हुनुपर्ने प्रावधान राखिएको छ। नागरिकता प्रमाणपत्र अनिवार्य गरिएको र  खेलाडीहरूले अनिवार्य रूपमा अनलाइन दर्ता गर्नुपर्ने आयोजकले बताएको छ , खेल मैदानमा प्रत्यक्ष रूपमा दर्ता गर्न नमिल्ने समेत जनाएको छ । खेल १० ओभरको हुने र ‘नकआउट’ प्रणालीअनुसार खेलाइने जनाइएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई रु ५१,००० पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टोलीले रु २१,००० प्राप्त गर्नेछ र  प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु ५०० प्रदान गर्ने  संस्थाका कोष अध्यक्ष  तुल्सी राम पुनले जानकारी दिएका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?