निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

समाचार सारांश
Auto Generated by AI
  • डीसीसी प्रिमियर लिगमा एपीएस युनाइटेडले एसजीए माभेरिक्सलाई ९ विकेटले पराजित गरेको छ।
  • एपीएसका निरज विष्टले १ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।
  • सामान्य ७१ रनको लक्ष्य एपीएसले ७ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो।

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित “सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२” अन्तर्गत आज मिति २०८३ साल जेठ २० गते बुधबार सम्पन्न खेलमा एपीएस युनाइटेडले एसजीए माभेरिक्सलाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।

Workplace

एक्सपर्ट एजुकेशनको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताअन्तर्गत पहिले ब्याटिङ गरेको एसजीए माभेरिक्स ११.१ ओभरमै सबै विकेट गुमाउँदै ७० रनमा समेटिएको थियो। टोलीका लागि प्रकाश पोखरेलले १७ रन तथा बालकृष्ण देवकोटाले १० रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

एपीएस युनाइटेडका बलर निरज विष्टले घातक बलिङ गर्दै विपक्षी टोलीको ब्याटिङ लाइनअप ध्वस्त पारे। उनले २.१ ओभरमा मात्र १ रन खर्चेर ५ विकेट हात पार्दै प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक प्रस्तुत गरेका हुन्।

७१ रनको सामान्य लक्ष्य पछ्याएको एपीएस युनाइटेडले आक्रामक सुरुआत गर्दै केवल ७ ओभरमा १ विकेट गुमाएर ७२ रन बनाउँदै सहज जित हासिल गर्‍यो। टोलीका लागि शंकर चापागाईं ३५ रनमा अविजित रहे भने सञ्जय हरि बरालले २० रनको अविजित योगदान दिए।

बलिङतर्फको असाधारण प्रदर्शनका लागि निरज विष्ट खेलको म्यान अफ द म्याच घोषित भए। उनले २.१ ओभरमा १ रन खर्चेर ५ विकेट लिँदै एपीएस युनाइटेडको जितको बलियो आधार तयार पारेका थिए।

यस जितसँगै एपीएस युनाइटेडले प्रतियोगितामा महत्वपूर्ण दुई अंक थपेको छ भने एसजीए माभेरिक्सले कमजोर ब्याटिङका कारण हार व्यहोरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?