
- रामेछापको खाँडादेवीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
- गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
- प्रहरीले चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।
काठमाडौ – रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दु`र्घ´टनामा परेको छ।

खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौं पठाइएको छ।
अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
