राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रियसभाको बैठक आज दिउँसो १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ।
  • बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराइनेछ।
  • अर्थमन्त्रीले बजेट र वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्नेछन्।

काठमाडौं । राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२:१५ बजे बस्ने भएको हो ।

Workplace

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

्यस्तै, अर्थ मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?