सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

समाचार सारांश
Auto Generated by AI
  • डीसीसी प्रिमियर लिगमा मेघा राइनोजले सिद्धार्थ रोयललाई १९ रनले हरायो।
  • मेघा राइनोजका लागि १६ रन बनाउँदै ३ विकेट लिएका दिपेन्द्र गौतम म्यान अफ द म्याच भए।
  • यो जितसँगै मेघा राइनोज अंक तालिकाको शीर्ष तीनमा पर्न सफल भएको छ।

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित “सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२” अन्तर्गत आज मिति २०८३ साल जेठ २१ गते बिहीबार सम्पन्न रोमाञ्चक खेलमा मेघा राइनोजले सिद्धार्थ रोयललाई १९ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष तीनमा स्थान बनाउन सफल भएको छ।

Workplace

एक्सपर्ट एजुकेशनको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताअन्तर्गत टस जितेर सिद्धार्थ रोयलले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङको निम्तो पाएको मेघा राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। टोलीका लागि संगम अधिकारीले आक्रामक ४३ रन तथा दिपेन्द्र गौतमले १६ रनको योगदान दिएका थिए।

बलिङतर्फ सिद्धार्थ रोयलका जिबेश पन्था र कमल अस्लामीले समान २–२ विकेट हात पार्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए।

१०९ रनको लक्ष्य पछ्याएको सिद्धार्थ रोयलले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। टोलीका लागि ओम टण्डनले ३५ रन तथा जनक न्यौपानेले २४ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

मेघा राइनोजका बलरहरूले अनुशासित प्रदर्शन गर्दै खेलभर दबाब कायम राखे। विशेषगरी दिपेन्द्र गौतमले घातक बलिङ गर्दै ३ विकेट लिएर सिद्धार्थ रोयलको ब्याटिङ लाइनअपलाई धराशायी बनाए।

ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र गौतम खेलको म्यान अफ द म्याच घोषित भए। उनले ब्याटिङमा महत्वपूर्ण १६ रन बनाउनुका साथै बलिङतर्फ ३ विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका खेले।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?