आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई घरदैलोमा पुग्न निर्देशन : केपी शर्मा ओली

काठमाडौ –  केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।

Workplace

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पु¥याउन सक्रिय हुन आग्रह गरेका हुन्।

- Advertisement -Workplace

काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।

छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढंगले निर्वाचनमा खटिन निर्देशन दिएका हुन। सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै ताम्लीले भने, जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमै पुग्न उहाँको विशेष निर्देशन छ।

बैठकमा झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा निर्वाचन परिचालन कमिटीका संयोजकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन तयारी र अभियानको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?