icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

अर्घाखाँचीमा चैते दशैंको अवसरमा सरायनाच प्रदर्शन

अनिल नेपाली अर्घाखाँची 

Workplace

अर्घाखाँची – अर्घाखाँची जिल्लाको मौलिक सांस्कृतिक नाच ‘सरायनाच’ चैते दशैंको अवसरमा पनि विभिन्न शक्तिपीठहरूमा नाचिएको छ।

महिला र पुरुषहरू समूहमा हातमा तरवार, खुडा लगायतका परम्परागत हतियार लिएर “वाखै भाइ हो” भन्दै नाच्ने यो सांस्कृतिक परम्परा बर्सेनि बडा दशैंमा अधिकांश शक्तिपीठहरूमा देखिन्छ। तर चैते दशैंमा भने सीमित स्थानहरूमा मात्र यो नाच प्रदर्शन गरिन्छ।

यस वर्ष चैत शुक्ल द्वादशीको दिन सोमबार, भूमिकास्थान नगरपालिका–ढिकुरा स्थित सत्यवती मन्दिर परिसरमा सरायनाच नाचिएको थियो। नाचअघि परम्परागत रूपमा तरवार, खुडा र हतियारहरूको विशेष प्रदर्शन गरिएको थियो।

सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खासु (पप्पु) का अनुसार, देवीलाई प्रसन्न पार्ने विश्वाससहित यो नाच गर्दै आइएको हो। धार्मिक र जातीय सद्भाव कायम गर्दै समुदायबीच भाइचारा अभिवृद्धिको सन्देश बोकेको यो नाच परम्परागत रूपमै निरन्तरता पाइरहेको उनले बताएका छ्न।

स्थानीय दिपक खासुका अनुसार, बडा दशैंमा जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा लगायतका स्थानमाहरुमा  सरायनाच नाचिने बताएका छ्न  भने चैते दशैंमा गौचौर, अर्घातोष र सेंगलेंगका मन्दिरहरूमा मात्र नाच्ने परम्परा रहेको छ ।

    अर्घाखाँचीमा सरायनाचको तयारी हुँदै गर्दाको तस्बिर

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित ()
  • खुसी ()
  • दुःखी ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?