बुटवलमा पहिलोपटक अक्सनमार्फत क्रिकेट प्रिमियर लिग सुरु, पहिलो खेल जेके वारियर्स र रोयल सिद्धार्थबीच

Workplace

रूपन्देही। बुटवल उपमहानगरपालिका–१३, देवीनगरस्थित देवीनगर क्रिकेट क्लबको आयोजनामा पहिलोपटक अक्सन प्रणालीमार्फत ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ आज जेष्ठ ३ गतेदेखि सुरु भएको छ।

- Advertisement -Workplace

बुटवलमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरी सञ्चालन गरिएको यो प्रतियोगिता आजको पहिलो खेलमार्फत औपचारिक रूपमा शुरु भएको हो। उद्घाटन म्याच बिहान ६ बजेदेखि जेके वारियर्स र रोयल सिद्धार्थ टिमबीच जारी छ।

प्रतियोगितामा जम्मा चार टिम — जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज र प्रिन्ट हब किङ्स — सहभागी छन्। खेल संयोजक अनिल पाण्डेका अनुसार खेल तालिका एक महिनासम्मका लागि तय गरिएको छ।

क्लबका अध्यक्ष तारा पाण्डेले खेल आयोजना गर्नुको उद्देश्य युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई व्यवहारमा उतार्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “युवाबीच आपसी मित्रता, अनुशासन र खेल भावना विकास गर्न यो लिगले सहयोग पुर्‍याउनेछ।”

क्लबका सचिव निर्मल ज्ञवालीका अनुसार बुटवलमै पहिलोपटक क्रिकेट टुर्नामेन्टमा अक्सन प्रणाली लागू गरिएको हो। अक्सनमार्फत टिमहरूले खेलाडी छनोट गर्दा निकै उत्साहजनक माहोल देखिएको थियो। अक्सनमा सबैभन्दा महँगो खेलाडीका रूपमा विपिन भट्टराईलाई २० हजार रुपैयाँमा रोयल सिद्धार्थले अनुबन्ध गरेको जानकारी दिनुभयो।

प्रतियोगिताको विजेता टिमलाई ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

स्थानीय तहमा यति व्यवस्थित ढंगले क्रिकेट प्रतियोगिता आयोजना गर्नु देवीनगर क्रिकेट क्लबको साहसिक कदम हो। खेलप्रेमीहरूलाई एकै ठाउँमा समेट्ने, युवाको प्रतिभा उजागर गर्ने र खेल संस्कृतिको प्रवर्द्धन गर्ने यस्ता पहलहरू आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?