पोखरालाई हराउँदै सुदूरपश्चिमले निकाल्यो पहिलो जित

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले ६ विकेटको जित निकाल्यो।

Workplace

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

- Advertisement -Workplace

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५१ रनको अविजत इनिङ खेले। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै ब्रान्डन म्याकमुलेनले २२ रन बनाउँदा इशान पाण्डेले ३७ रन बनाएका थिए। त्यस्तै साइब जाइबले १५ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। पोखराका लागि महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए।

त्यस्तै सकिब अल हसनले १४ रन बनाउँदा उसका लागि सर्वाधिक राम्रो प्रदर्शन भने अर्जुन घर्ती मगरको नाममा रह्यो। उनले २५ बलमा ४० रनको विष्फोटक इनिङ खेल्दा टोलीले मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भयो।

सुदूरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिंदा हेमन्त धामी, स्कट कुग्लीङ र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?