अर्घाखाँची। नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानोट अर्घाखाँचीमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे यस निर्वाचनमा पराजित भएका छन्। निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३६५० मतमध्ये पुरुष खुल्ला तर्फ घिमिरेले १२०७ मत पाएका थिए, तर विजयी सूचीमा स्थान बनाउन सकेनन्।

पुरुष खुला तर्फ पिताम्बर भुसालले ३१८७ मतसहित पहिलो स्थान हासिल गरेका छन्। त्यस्तै बसन्त कुमार श्रेष्ठ २८४१, रेशम थापा २७७०, शम्भु प्रसाद पोख्रेल २७४३, तेज प्रसाद खनाल २५३३ र कमलप्रसाद घिमिरे २४४४ मतसहित निर्वाचित भएका छन्। पराजित उम्मेदवारमा प्रेमनारायण गैरे १२६५, रामजीप्रसाद घिमिरे १२०७ र श्रीकृष्ण भुसाल १०८८ मतसहित पराजित भएका छन्।
महिला खुला तर्फ दिपा आचार्य ३०३७, विष्णुमाया आचार्य २९९३, लक्ष्मी गौतम २९१० र सुषमा श्रेष्ठ २८६३ मतसहित निर्वाचित भएकी छन्। गीता भाट क्षेत्री १११८ मतसहित पराजित भएकी हुन्।
युवा खुला तर्फ तोज बहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक तथा आशा परियार निर्विरोध चयन भएका छन्, जसले पार्टीभित्र विभिन्न तहमा एकता कायम रहेको संकेत गरेको नेकपा एमाले अर्घाखाँचीले बताएको छ।
प्रतिनिधि छानोटमा उत्साहजनक मतदान, प्रतिस्पर्धात्मक मत परिणाम र पार्टी सदस्यहरूको सक्रिय सहभागिताले अर्घाखाँचीमा महाधिवेशन तयारी प्रभावकारी रूपमा अघि बढिरहेको देखिन्छ। प्रदेश सांसद घिमिरेको पराजयमा उनका व्यक्तिगत लोकप्रियता कमजोर हुनु, पार्टी सदस्यहरूसँगको जनसम्पर्क न्यून हुनु लगायतका कारण भएको विभिन्न तरिकाले विश्लेषण गरिएको छ।

