अर्घाखाँचीबाट एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानोटमा प्रदेश सांसद घिमिरे पराजित

अर्घाखाँची। नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानोट अर्घाखाँचीमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे यस निर्वाचनमा पराजित भएका छन्। निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३६५० मतमध्ये पुरुष खुल्ला तर्फ घिमिरेले १२०७ मत पाएका थिए, तर विजयी सूचीमा स्थान बनाउन सकेनन्।

Workplace

पुरुष खुला तर्फ पिताम्बर भुसालले ३१८७ मतसहित पहिलो स्थान हासिल गरेका छन्। त्यस्तै बसन्त कुमार श्रेष्ठ २८४१, रेशम थापा २७७०, शम्भु प्रसाद पोख्रेल २७४३, तेज प्रसाद खनाल २५३३ र कमलप्रसाद घिमिरे २४४४ मतसहित निर्वाचित भएका छन्। पराजित उम्मेदवारमा प्रेमनारायण गैरे १२६५, रामजीप्रसाद घिमिरे १२०७ र श्रीकृष्ण भुसाल १०८८ मतसहित पराजित भएका छन्।

- Advertisement -Workplace

महिला खुला तर्फ दिपा आचार्य ३०३७, विष्णुमाया आचार्य २९९३, लक्ष्मी गौतम २९१० र सुषमा श्रेष्ठ २८६३ मतसहित निर्वाचित भएकी छन्। गीता भाट क्षेत्री १११८ मतसहित पराजित भएकी हुन्।

युवा खुला तर्फ तोज बहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक तथा आशा परियार निर्विरोध चयन भएका छन्, जसले पार्टीभित्र विभिन्न तहमा एकता कायम रहेको संकेत गरेको  नेकपा एमाले अर्घाखाँचीले बताएको छ।

प्रतिनिधि छानोटमा उत्साहजनक मतदान, प्रतिस्पर्धात्मक मत परिणाम र पार्टी सदस्यहरूको सक्रिय सहभागिताले अर्घाखाँचीमा महाधिवेशन तयारी प्रभावकारी रूपमा अघि बढिरहेको देखिन्छ। प्रदेश सांसद घिमिरेको पराजयमा उनका व्यक्तिगत लोकप्रियता कमजोर हुनु, पार्टी सदस्यहरूसँगको जनसम्पर्क न्यून हुनु लगायतका कारण भएको विभिन्न तरिकाले विश्लेषण गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?