वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट: ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

 

Workplace

काठमाडौं
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको आरोप लगाउँदै बिहीबार प्रहरी वृत्त सिंहदरवारमा जाहेरी दिनुभएको छ।

त्रिपाठीले कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर जिल्ला अदालत काठमाडौंबाट निस्कँदा आफूमाथि दुर्व्यवहार र कुटपिट भएको दाबी गर्नुभएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललित केसीलाई बुधबार नै पक्राउ गरेको छ। त्रिपाठीले केसीसहित कुटपिटमा संलग्न अन्य व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै जाहेरी दिनुभएको हो।

प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सिसिटिभी फुटेजको अध्ययन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?