धनुषामा मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको घाँ`टी रेटी ह´त्या

समाचार सारांश
Auto Generated by AI
  • धनुषाको सबैलास्थित हनुमान मन्दिरमा सुतिरहेका एक व्यक्तिको हत्या भएको छ।
  • मृतक हँसपुर नगरपालिकाका अन्दाजी ४५ वर्षीय बन्ठु राउत रहेको खुलेको छ।
  • लुटपाटको उद्देश्यले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

काठमाडौ – धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा स्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्ति हत्या भएको छ ।

Workplace

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको बताएका छन् ।

उनका अनुसार धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ४५ बर्षिय बन्ठु राउत रहेको खुलेको छ । उनी सहायक पूजारीको रुपमा रहेको बुझिएपनि आधिकारिक रुपमा भने पुष्टि भइसकेको छैन् ।

स्थानीयको अनुुसार उनी करिब १५ बर्षदेखि सोही मन्दिरमा बस्दै आएको बताईएको छ ।

कहिले बाहिर कमाउन जाने र पुनः सोही मन्दिरमा आएर बस्ने गरेको स्थानीयहरुले जनाएको छ । मुख्य पूजारी अर्कै जना रहेको तथा सहायक पूजारीको रुपमा उनी बस्दै आएको बताईएको छ ।

एक स्थानीयका अनुसार, उनी पनि मन्दिरमा पूजापाठ गर्दै आएका थिए । केही दिन अगाडी भारतको पञ्जाबबाट कमाएर आएका थिए । उनीसँग भएको रकम लुटपाट गर्न मनसायका साथ पनि हत्या भएको बुझिएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरी प्रवक्ता न्यौपानेले जनाएको छ । र थप विवरण खुल्न पनि बाँकी रहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?