धनुषामा मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको घाँ`टी रेटी ह´त्या

समाचार सारांश
Auto Generated by AI
  • धनुषाको सबैलास्थित हनुमान मन्दिरमा सुतिरहेका एक व्यक्तिको हत्या भएको छ।
  • मृतक हँसपुर नगरपालिकाका अन्दाजी ४५ वर्षीय बन्ठु राउत रहेको खुलेको छ।
  • लुटपाटको उद्देश्यले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

काठमाडौ – धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा स्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्ति हत्या भएको छ ।

Workplace

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको बताएका छन् ।

- Advertisement -Workplace

उनका अनुसार धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ४५ बर्षिय बन्ठु राउत रहेको खुलेको छ । उनी सहायक पूजारीको रुपमा रहेको बुझिएपनि आधिकारिक रुपमा भने पुष्टि भइसकेको छैन् ।

स्थानीयको अनुुसार उनी करिब १५ बर्षदेखि सोही मन्दिरमा बस्दै आएको बताईएको छ ।

कहिले बाहिर कमाउन जाने र पुनः सोही मन्दिरमा आएर बस्ने गरेको स्थानीयहरुले जनाएको छ । मुख्य पूजारी अर्कै जना रहेको तथा सहायक पूजारीको रुपमा उनी बस्दै आएको बताईएको छ ।

एक स्थानीयका अनुसार, उनी पनि मन्दिरमा पूजापाठ गर्दै आएका थिए । केही दिन अगाडी भारतको पञ्जाबबाट कमाएर आएका थिए । उनीसँग भएको रकम लुटपाट गर्न मनसायका साथ पनि हत्या भएको बुझिएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरी प्रवक्ता न्यौपानेले जनाएको छ । र थप विवरण खुल्न पनि बाँकी रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?