सिङ्गापुरकाे वित्तीय क्षेत्रले ८० हजार कर्मचारीलाई एआई तालिम दिने

समाचार सारांश
Auto Generated by AI
  • सिङ्गापुरले सन् २०२८ सम्म वित्तीय क्षेत्रका ८० हजारभन्दा बढी कर्मचारीलाई एआई तालिम दिने भएको छ।
  • वटा वित्तीय संस्थाले नयाँ को-ल्याबमार्फत कर्मचारीलाई एआई प्रविधिसम्बन्धी विशेष सीप सिकाउनेछन्।
  • यो पहलले वित्तीय कार्यप्रणालीमा सुधार ल्याउँदै जनशक्तिको उत्पादकत्व बढाउने लक्ष्य राखेको छ।

सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Workplace

‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उपप्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो । ती संस्थाले भर्खरै शुरू भएको ‘इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् ।

आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममार्फत आधाभन्दा धेरै कर्मचारीले यससम्बन्धी तालिम लिइसकेका छन् ।

‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ । साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तनसम्बन्धी व्यावहारिक उपायको परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ ।

उपप्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासलगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ ।

एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो । यसका लागि वित्तीय संस्थाको प्रतिबद्धता र सक्रियतासँगै सरकार तथा श्रमिक सङ्गठनको साझेदारी र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?