सैनामैना परोहा परमेश्वर नमुना माविको ५१ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

रुपन्देही ,- रुपन्देहीको सैनामैना परोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोक भजन र पञ्चेबाजाको तालिम कार्यक्रम सुरु गरेको छ। विद्यालयको यो प्रयासले विद्यार्थीलाई परम्परागत सांस्कृतिक विधामा दक्ष बनाउँदै पेशागत रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

Workplace

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीका अनुसार, पहिलो चरणमा ३० जना विद्यार्थीलाई भजन तथा पञ्चेबाजा बजाउने विशेष तालिम प्रदान गरिएको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट दुई लाख रुपैयाँ लगानी गर्दै आवश्यक उपकरण तथा प्रशिक्षकको व्यवस्था गरेको छ। प्रशिक्षित विद्यार्थीहरूले विद्यालय समयपछि व्यवसायिक रूपमा भजन गाउन र पञ्चेबाजा बजाउन सक्नेछन्। साथै, भविष्यमा यसलाई पेशा बनाउने वातावरण निर्माण गर्न विद्यालय प्रतिबद्ध रहेको प्रअ पुरीले जानकारी दिएका हुन । उनले भने, “हाम्रो उद्देश्य विद्यार्थीलाई परम्परागत कला र सांस्कृतिक विरासतमा मात्र सीमित नराखी, आर्थिक रूपमा आत्मनिर्भर बनाउनु पनि हो।”

विद्यालयले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न होलकी, टेम्को, सनई, दमाहा, कर्नाल, नर्सिङ, झ्याली, सैजडी, मादल, मजुरालगायतका वाद्यवादन लगायतका  सामग्री उपलब्ध गराएको छ। कार्यक्रम संयोजक तथा विषय शिक्षक सुष्मा सिनालका अनुसार, विद्यार्थीहरूलाई परम्परागत संगीतको सीप सिकाउनुका साथै आवश्यक सामग्री पनि प्रदान गरिँदैछ। सिनाल भन्छिन्, “विद्यार्थीहरूले यो कार्यक्रमबाट न केवल सांगीतिक दक्षता प्राप्त गर्नेछन्, तर आर्थिक रूपमा पनि आत्मनिर्भर हुने अवसर पाउने बिश्वास व्यक्त गरिन्न

५१ औं वार्षिकोत्सव समारोहको अवसरमा व्यवसायिक तालिम लिएका विद्यार्थीहरूले लोक भजन गाउनुका साथै पञ्चेबाजाको आकर्षक प्रस्तुति दिएका थिए । विद्यार्थीहरूको  उक्त प्रस्तुतिले उपस्थित सम्पुर्ण मन्त्रमुग्ध भएका थिए ।

विद्यालयको यस प्रयासलाई प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, शिक्षा विकास समितिकी प्रमुख राधा बञ्जाडेलगायतले प्रशंसा गरेका थिए । श्रेष्ठले प्रदेश सरकारमार्फत यस्ता उदाहरणीय कार्यक्रमलाई प्रवर्द्धन गर्न आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “विद्यार्थीलाई आत्मनिर्भर बनाउने यो कार्यक्रम अत्यन्तै सराहनीय छ। प्रदेश सरकारबाट पनि यस्तो योजनालाई आवश्यक सहयोग गर्नेछ।”

नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले पनि  विद्यालयको यो अभियानलाई नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए । उनले भने, “विद्यार्थीको सीप र दक्षतालाई व्यवसायिक रूप दिन सक्ने कार्यक्रम नगरपालिकाको प्राथमिकतामा पर्छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोग माग गरिएको पनि बताएका छ्न । उनले भने, “विद्यार्थीलाई ज्ञानमात्र प्रदान गर्नु पर्याप्त होइन, उनीहरूको भविष्य सुरक्षित गर्न व्यावसायिक सीप पनि आवश्यक रहेको उल्लेख गरेका थिए ।

नगर शिक्षा विकास समितिकी प्रमुख राधा बञ्जाडेले विद्यालयको यस कदमको प्रशंसा गर्दै भनिन्, “विद्यालयले विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै उनीहरूको उज्ज्वल भविष्य निर्माणको मार्ग प्रशस्त गरेको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिवद्धता  व्यक्त गर्छु।”उनको भनाइ थियो।

स्थानिय नागरिक अगुवा हेमन्त थापा, प्रेमलाल भुसाल, धनबहादुर विक, राजबहादुर क्षेत्री, रामप्रसाद पौडेललगायतले विद्यालयले परम्परागत कला संरक्षण गर्दै विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयासलाई उच्च मूल्याङ्कन गरेका थिए ।

विद्यालयका सल्लाहकार समितिका संयोजक खुशीराम चौधरीले भने, “विद्यालयले परम्परागत कला, संस्कृति जगेर्ना गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन थालेको यो अभियान अत्यन्त प्रेरणादायक छ। यसले न केवल विद्यार्थी, तर समुदायलाई पनि आर्थिक रूपमा सबल बनाउने विश्वास ब्याक्त गरे ।

विद्यालयका शिक्षक लक्ष्मण आचार्यका अनुसार, “विद्यार्थीलाई केवल किताबी ज्ञानमात्र नभई व्यवहारिक सीप प्रदान गरिनु आजको आवश्यकता रहेको उल्लेख गरे । यो कार्यक्रम त्यही दिशामा विद्यालयको उत्कृष्ट प्रयास भएको उनको भनाइ थियो ।

लगभग २,७०० विद्यार्थी अध्ययनरत यस विद्यालयले गुणस्तरीय शिक्षाका लागि ‘आइएसओ सर्टिफिकेट’  समेत प्राप्त गरिसकेको छ। उक्त  विद्यालयका विद्यार्थीहरूले विज्ञान, व्यवस्थापन र हस्पिटालिटी म्यानेजमेन्ट जस्ता कार्यक्रममार्फत उच्च गुणस्तरको शिक्षा हासिल गरिरहेका छन्।

तस्बिर सहित 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?