रामपुर नपाद्वारा एकल आमालाई घर हस्तान्तरण

पाल्पा । रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

Workplace

फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा हस्तान्तरण गरेको हो ।
१६ वर्ष भन्दा कम उमेरका छोराछोरी भएका तीन जान एकल आमाहरुहरुलाई भुकम्प प्रतिरोधी दुई कोठे घरसहित शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । फउण्डेशनले गत वर्ष रामपुर नगरपालिका वडा नं. २, ४ र ६ मा तीन वटा घर निर्माण गरेको थियो । रामपुर नगरपालिका– २, खयरबोटका बन्दना विश्वकर्मा, वडा नं. ४ छतिवन डाँडाका विष्णु माया राना र वडा नं. ६ माझटोलका गन माया घर्तिलाई घरको ताला र साँचो हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले श्रीमान गुमाउनु भएका साहारा विहिन महिलाहरुलाई सुरक्षित आवास प्रदान गर्नका लागि टुकी फाउण्डेशनको सहकार्यमा घर निर्माण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले विपन्न परिवार संगै साहारा विहिन नागरिकहरुको लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
आवासले मात्र परिवारले परिवार चलाउन सहज नहुने भन्दै स्वरोजगारका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले श्रीमान गुमाउँदाको पीडा संगै बस्नको लागि उपयुक्त घर नहुँदा समस्या झेल्दै आउनु भएका विपन्न एकल आमाहरुको लागि घर निर्माणले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । बालबालिकाको शिक्षा संगै आयआर्जनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
टुकी फाउण्डेशनका कार्यकारी निर्देशक शिला सेनले घर निर्माणको लागि प्रति घर निर्माणमा रामपुर नगरपालिकाको दुई लाख ५० हजार र अन्य खर्च फाउण्डेशनको गरी ८ लाख १४ हजार ६८० रुपियाँ १२ पैसा बराबरको खर्च भएको जानकारी दिनुभयो । आवास निर्माणमा ६० प्रतिशत फाउण्डेशनले र पालिकाले ४० प्रतिशत गरी विभिन्न स्थानमा आवास निर्माण गर्दै आएको जानकारी दिनुभयो ।
फाउण्डेशनले विभिन्न जिल्लाहरुमा ५० वटा भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गर्दै आएको बताउनुभयो । पालिकाहरुको सहकार्यमा निर्माणको काम हुने भएकाले सरकारी मापदण्ड अनुसार भुकम्प प्रतिरोधी घर निर्माण खरिद प्रक्रिया अनुसार गर्दै आएको जानकारी दिनुभयो । घर हस्तान्तरण पश्चात एकल आमाहरुको जीविकोपार्जनमा सहजताका लागि उहाँहरुले इच्छा गरेको व्यवसाय सञ्चालनका लागि ३० हजार प्रदान गरिने बताउनुभयो ।
कार्यक्रम सम्बन्धीत परिवार मै पुगेर गरिएको थियो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले सम्बन्धीत एकल आमाहरुको अवस्थाको बारेमा जानकारी दिदै साथ सहयोगका लागि आभार व्यक्त गर्नु भएको थियो । यस अघि भुकम्पले चर्किएको पुरानो घरमा बस्दै आउनु भएका रामपुर ४ का विष्णु माया रानाले घर निर्माणको लागि फाउण्डेशन र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा नं. ६ का गन माया घर्तीले चिटिक्कको घर पाउँदा खुशीको सिमा नरहेको बताउनुभयो । वडा नं. २ का बन्दना विश्वकर्माले पनि खुशी व्यक्त गर्नुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?