
- आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।
- सुनको मूल्य बढेर प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८१५ रुपैयाँ पुगेको छ।
काठमाडौं।स्थानीय बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ रहेको थियो।
त्यस्तै, मंगलबार प्रतितोला चार हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४० रुपैयाँले बढेर चार हजार ८१५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
