पोखरामा लागू औषधसहित मेडिकल सञ्चालका पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पोखराको लेकसाइडमा मेडिकल सञ्चालक सबिन चौधरी लागू औषधसहित पक्राउ परेका छन्।
  • प्रहरीले उनको साथबाट १३ एम्पुल र १२० चक्की विभिन्न लागू औषध बरामद गरेको छ।
  • अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ।

पोखराको लेकसाइडस्थित ठाडोपसलमा मेडिकल सञ्चालन गर्दै आएका एक व्यक्ति लागू औषधसहित पक्राउ परेका छन्।

Workplace

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले जिना मेडिकल हलका सञ्चालक ३२ वर्षीय सबिन चौधरीलाई नियन्त्रणमा लिएको हो।

लेकसाइड क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा चौधरीको साथबाट नियन्त्रित लागू औषध डाईजापाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ४ एम्पुल गरी जम्मा १३ एम्पुल र १२० चक्की कोडिन बरामद गरेको छ।

बरामद लागू औषधसहित पक्राउ परेका चौधरीमाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?