“जब ‘वर्दी’ भित्रको कमान्डर रोयो, तब गृहमन्त्री गुरुङले ताली बजाएर हौसला प्रदान गरे

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रहरी मुख्यालयको कार्यक्रममा प्रहरीका समस्याबारे बोल्दा बोल्दै आइजीपी कार्की भावुक भएर भक्कानिएका छन्।
  • आइजीपीको इमानदार स्वीकारोक्ति र पीडालाई समर्थन गर्दै गृहमन्त्री गुरुङले ताली बजाएर हौसला प्रदान गरेका छन्।
  • प्रहरी संगठनको सुधार र जवानहरूको सुविधाबारे उठेका यी सवालहरू अब कार्यान्वयनमा आउलान् कि नआउलान् भन्नेमा प्रश्न उब्जिएको छ।

अर्जुन थापा काठमाडौ —  नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की भावुक बनेपछि गृहमन्त्री सुधन गुरुङले ताली बजाउँदै समर्थन जनाएका थिए । उक्त घटनाले प्रहरी संगठनको अवस्था र सुधारको आवश्यकताबारे पुन  चर्चा सुरु गराएको छ यसै बिषयमा रहेर केही लेखदै छु ।

Workplace

समय आइतबार दिउँसोको ठीक १ बजेको हो स्थान: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल बाहिर घाम चर्को थियो, तर भित्र वातावरणमा एउटा बेग्लै भारीपन थियो। जब गृहमन्त्री सुधन गुरुङको गाडी मुख्यालय छिर्यो, औपचारिकताका सलामीहरू त सधैँझैँ ठोक्किए, तर आजको एजेन्डा केवल ‘निरीक्षण’मा मात्र सीमित थिएन।

विगतको ऐना र भविष्यको बाचा अनि त्यहीँ बाचा र सत्ताको दल दलमा आश्वासनमा रहेको नेपाल प्रहरी ।

अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्मको फन्को मारेपछि मन्त्री गुरुङ जब मञ्चमा उक्लिए, उनले मन्त्री भएर होइन, एउटा भुइँमान्छे भएर बोले। उनले ती दिनहरू सम्झिए, जहाँ एउटा प्रहरी जवानले चिउरा र चाउचाउको भरमा रातभर पहरा दिनुपर्छ कति कठिन छ्न ती दिन हरु मलाई थाहा छ राम्रो सङ्ग बुझेको छु राम्रो गर्ने छु ।

उनी अझै थप्दै थिए अब प्रहरीले आदेश होइन, स्वाभिमान पालना गर्नेछ,” मन्त्रीको स्वरमा दृढता थियो। “मेरो पार्टीको मान्छेले गल्ती गरे पनि नछोड्नुस्, मेरो ढोका तल्ला तहका जवानका लागि सधैँ खुल्ला छ।”

उनले भने  प्रहरी अब केवल ‘लाठी’ बोक्ने यान्त्रहैन , संकटमा ‘एम्बुलेन्स’ र मुस्कानसहितको सेवा दिने नागरिकको ‘मामा-भान्जा’ जस्तो आत्मीय साथी बन्नुपर्छ हुन त कुरा ठिकै हो प्रहरी यस्तै हुनु प्रछ र बिगतमा पनि सयोग गरेकै देखिन्छ अब अघि बडौ ।

त्यो एउटा ‘ब्रेकिङ प्वाइन्ट’ तर, माहोल तब बदलियो जब आइजीपी दानबहादुर कार्की पोडियममा उभिए। तथ्याङ्क र कार्ययोजना सुनाउँदा सुनाउँदै उनी अचानक एउटा यस्तो विन्दुमा पुगे, जहाँ संगठनको प्रमुख हुनुको अहम् पग्लिएर एउटा अभिभावकको चिन्ता प्रकट भयो र उनी भकानिन थाले त्यो पनि जायज नै हो जब अभिभावक नै खाली छ त सन्तान हरु कसरी राखने यो गम्भीर बिषय पनि हो यो नयाँ सरकार पकै केही गर्ने छ भने धेरैको आशा भरोसा सङै मेरो पनि  यहीँ अपेक्षा छ प्रहरी संगठन लाई बलियो बनाउन जे जे गर्नु प्रने छ गरि हाल्नु प्रछ ।

कुरा गम्भीर के त भन्दा प्रहरीहरूले बीचमै जागिर छोडेर जाने लर्को, १६ वर्षे पेन्सनको माग र थकित अनुहारहरूको फेहरिस्त सुनाउँदा सुनाउँदै आइजीपीको गला अवरुद्ध भयो माहोल केही बेर सम्म सनाटा छायो । तर उनी पुनः आफू लाई समालिएर बोल्न थाले ।

“मैले मेरो पुलिसलाई टिकाउन सकिनँ…” यी शब्दहरू बाहिर निस्कनासाथ आइजीपी स्तब्ध भए। हलमा सन्नाटा छायो। वर्दीभित्र लुकेको एउटा मान्छेका आँखा रसाएको देख्दा त्यहाँ उपस्थित उच्च अधिकृतहरू समेत निसब्द बने साथमा नयाँ गृहमन्त्री  पनि अन्योलमा जस्तो देखिए तर उनी गृहमन्त्रीले ताली बजाउन थाले ।

खास कुरा त के भने सन्नाटा चिर्ने त्यो ताली ठीक त्यही बेला, प्रोटोकल र औपचारिकताको घेरा तोड्दै गृहमन्त्री गुरुङ आफ्नो सिटबाट जुरुक्क उठे। उनले मुठ्ठी कसेर ताली बजाउन सुरु गरे।

त्यो ताली आइजीपीको कमजोरीका लागि थिएन, बरु उनको इमानदार स्वीकारोक्ति र पीडाप्रतिको ऐक्यवद्धता थियो। मन्त्रीले हलतिर हेर्दै  सम्पुर्ण प्रहरी लाई संकेत गरे— “उठ्नुस्, समर्थन गर्नुस्!” इसरा सबै तिर पुग्यो ।

हेर्दाहेर्दै पुरै हल तालीको गडगडाहटले गुञ्जियो। यो सायद नेपाल प्रहरीको इतिहासमै एउटा यस्तो क्षण थियो, जहाँ ‘कमान्डर’ रोइरहेको थियो र ‘सरकार’ले उसलाई काँध थामेर हौसला दिइरहेको थियो। यो एउटा नौलो क्षण थियो ।

तर, ताली रोकिएपछिको त्यो गहिरो सन्नाटा त्यो सन्नाटाले एउटै प्रश्न सोधिरहेको थियो: के अब साँच्चै प्रहरीका  दिन फेरिएलान त ?” मनमा अनेकौं प्रश्न खेली रहेका छ्न ।

नेपाल प्रहरी वर्षौंदेखि जिम्मेवारी, अनुशासन र त्यागको प्रतीक बनेको छ। तर त्यही संगठनभित्र असन्तुष्टि, थकान र भविष्यप्रतिको अनिश्चितता बढ्दै गएको संकेत यस घटनाले स्पष्ट देखाएको छ ।

मेरो प्रश्न हिजो पनि प्रहरीले नेताको आदेश माने,आज पनि मानिरहेका छन्,भोलि पनि मान्नेछन् तर के राज्यले कहिल्यै उनीहरूलाई बुझ्नेछ? के तिनै हातहरू, जसले ताली बजाए, भोलि सहयोगका लागि अघि बढ्नेछन्?के अब साँच्चै प्रहरीको दिन फेरिनेछ, कि यो पनि अर्को भावनात्मक क्षणमै सीमित रहनेछ भने कुरा  यो नयाँ सरकारको आश्वासन लाइ जनताले हेरिरहेका छ्न ।

(यो समाचारको फलोवप एक  बर्षा पोछी  गर्ने छौ यस्तै हरेक समाचार सुचना खेल मनोरंजनको लागि नेपाल खोज खबर डट कम सङ्ग जोडिदै गर्नु होला धन्यवाद )

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?