काठमाडौं चितवन सहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम

समाचार सारांश
Auto Generated by AI
  • आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
  • पूर्वानुमान महाशाखाले ती जिल्लाका साना नदीमा बहाव बढ्ने चेतावनी दिएको छ।
  • प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौं।आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।

Workplace

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा बाढीको जोखिम रहेको छ।

त्यस्तै, आज काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्लाबाट बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?