काठमाडौं, बैशाख ३१ – रोजगारको झुटा आश्वासन दिँदै भारतीय राजधानी दिल्ली लैजाने तयारीमा रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै लिइएकी नेपाली युवतीलाई सुरक्षाकर्मीहरूले समयमै उद्धार गरेका छन्।

प्राप्त जानकारी अनुसार ती युवकले युवतीलाई विदेशमा राम्रो काम लगाइदिने भन्दै फकाएका थिए। उनीहरू भारतसँगको सीमा क्षेत्रमा पुगेपछि सुराकीको आधारमा खटिएको प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका आधारमा युवक मानव तस्करीमा संलग्न रहेको प्रहरीको भनाइ छ। उनीमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको छ।
उद्धार गरिएकी युवतीलाई आवश्यक परामर्श र संरक्षणका लागि गैरसरकारी संस्थाको सहकार्यमा सुरक्षित आवासमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गर्दै भनेका छ्न पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवैजना लाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छ्न ।
पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेको एसएसबी जनाएको छ ।
नेपालबाट हरेक वर्ष सयौँ युवतीहरू यस्तै प्रलोभनमा परी भारत तथा तेस्रो मुलुकतर्फ मानव तस्करीमा पर्ने गरेका छन्।
प्रहरीले जनताको सतर्कता र समयमै सूचना दिइएमा यस्ता घटनाहरूलाई न्यून पार्न सकिने बताएको
सरकार, सुरक्षानिकाय र नागरिक समाजबीच समन्वय आवश्यक छ ताकि मानव तस्करीको जालो भत्काउन सकियोस्। जागरूक नागरिकको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण रहेकाले हरेक नागरिकको दायित्व पनि बन्छ ।
