१८औँ ब्रिक्स शिखर सम्मेलनका लागि भारत पुगे पुटिन, सी पनि जाँदै

समाचार सारांश
Auto Generated by AI
  • रुसी राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जाँदै छन्।
  • भारतको अध्यक्षतामा आयोजना हुने सम्मेलनमा ११ राष्ट्रका नेताले विभिन्न एजेन्डामा छलफल गर्नेछन्।

भारत नयाँ दिल्ली – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली पुगेका छन्।तीन दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। पुटिन र मोदीबिचको भेटमा व्यापार, ऊर्जा, रक्षा र आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रक्षा सहकार्यअन्तर्गत एसयू-५७ लडाकु विमान र ब्रह्मोस क्षेप्यास्त्रसम्बन्धी विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

Workplace

यसैबिच, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारत पुग्ने भएका छन्। चीनको विदेश मन्त्रालयले सीले सेप्टेम्बर १२ देखि १३ सम्म नयाँ दिल्लीमा हुने सम्मेलनमा सहभागी हुने पुष्टि गरेको हो।

सीको भारत भ्रमण सन् २०२० को गलवान झडपपछि पहिलोपटक हुँदैछ। उनी सन् २०१९ पछि पहिलोपटक भारत जान लागेका हुन्। सम्मेलनका क्रममा सी र मोदीबिच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। दुई नेताबिच सीमा विवादसँगै व्यापार, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुन सक्नेछ।

भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ। नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा हुने सम्मेलनमा ११ सदस्य राष्ट्रका नेताहरू सहभागी हुँदैछन्। व्यापार, ऊर्जा, प्रविधि, आर्थिक सहकार्य र विश्वव्यापी शासन प्रणालीमा सुधारलगायत विषय सम्मेलनका मुख्य एजेन्डा रहनेछन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?