मुगुका विद्यार्थीलाई अक्कल कोपिला फाउन्डेसनद्वारा स्टेसनरी वितरण: विद्यार्थीले भने– ‘हाम्रो लागि भगवान बनेर आउनुभयो’

समाचार सारांश
Auto Generated by AI
  • अक्कल कोपिला फाउन्डेसनले मुगुको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
  • फाउन्डेसनका अध्यक्ष अक्कल बहादुर बोहराले दुर्गमका विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
  • समाजसेवी बोहराले शिक्षा र मानवीय सेवामा पुर्‍याएको योगदानको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
रतन बहादुर रावल मुगु, १ असोज ।
अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५, सुपाकोटमा रहेको श्री महादेव आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यालयका बालबालिकाहरू निकै उत्साहित र खुसी भएका छन् । सामग्री बुझ्दै विद्यार्थीहरूले खुसी व्यक्त गर्दै भने, “हाम्रो लागि भगवान बनेर आउनुभयो ।”
लामो समयदेखि मुगु जिल्लाको शिक्षा र समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका फाउन्डेसनका अध्यक्ष एवं समाजसेवी अक्कल बहादुर बोहराले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बोहरा पूर्व सशस्त्र प्रहरी बलका हवलदार, पूर्व धावक खेलाडी तथा मुगु जिल्लाकै पहिलो सगरमाथा आरोही हुनुहुन्छ ।
समाजसेवी बोहराले मुगु जिल्लाका दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूमा पुगेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले निरन्तर स्टेसनरी सामग्री वितरण गर्दै आउनुभएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार बोहरा दिन–दुःखी, असहाय, अस्पतालमा छटपटाइरहेका बेसहारा, टुहुरा र अपाङ्गता भएका व्यक्तिहरूका लागि सधैं संकटको सारथी बन्दै आउनुभएको छ । मुगुको शिक्षा क्षेत्रको विकास र मानवीय सेवामा उहाँले पुर्‍याएको यो ठूलो योगदानको सर्वत्र प्रशंसा भइरहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?