निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला अर्घाखाँची ले नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गरेको छ ।

अनिल नेपाली 

Workplace

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले आज एक कार्यक्रमका बीच अर्घाखाँचीबाट ट्रेड युनियनको केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गरेको छ ।


रचनात्मक क्रियाकलपा गर्दै आई रहेको सिबिएले बधाई स्वागत तथा विदाईलाई आफ्नो नियमित कार्यक्रम बनाएको छ ।

जिल्लामा सरुवा तथा नयाँ नियुक्ति भएर आउनेहरुलाई स्वागत, सरुवा तथा निवृत भएर जानेहरुलाई समय समयमा विदाई गर्ने गर्दछ ।


आज सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित गणेश प्रसाद भण्डारी र युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गेलाई बधाई तथा शुभकामना सहित सम्मान गरेको थियो ।

त्यसै गरी डिभिजन वन कार्यालयमा कार्यरत बरिष्ठ बन अधिकृत केशब खड्का, अर्घाखाँची जिल्ला अदालतका तहसिलदार मोहन रायमाझी, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोमा बस्नेत, नापी कार्यालयका सर्भेक्षक पूजा नेपाली, अमिनहरु प्रविन भुसाल, लक्ष्मी थापा र संजय कनौजियाको स्वागत गरेको थियो ।


कार्यक्रममा बोल्दै नव निर्वाचित केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारीले नव आगन्तुक कर्मचारीहरुलाई पर्ने समस्या समधानको लागि आश्वसन दिदै जनमैत्री सेवा प्रवालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधी योगेश पन्थी, सिबिएका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालन र कृष्ण वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?