
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरमा सुरु हुँदैछ।
- उद्घाटन खेलमा आज साँझ साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
- आगामी ५ मंसिरसम्म चल्ने यस प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौ -नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको औपचारिक जानकारी दिएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिँदैछन्।
कीर्तिपुर मैदानमा यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त आज साँझ ५ बजेदेखि सुरु हुने तालिका छ।
आगामी ५ मंसिरसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालकै सर्वाधिक प्रतिक्षित क्रिकेट लिगका रूपमा हेरिएको यस संस्करणले नेपाली घरेलु क्रिकेटमा थप रौनक र उत्साह ल्याउने अपेक्षा गरिएको छ।
