रारा मुर्मा युवा क्लबलाई अक्कल कोपिला फाउन्डेसनको सहयोग: समाजसेवी अक्कल बहादुर बोहराको निरन्तर खेल र मानवीय सेवा

समाचार सारांश
Auto Generated by AI
  • समाजसेवी अक्कल बहादुर बोहराले मुगुको रारा मुर्मा युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका लागि आर्थिक सहयोग गर्नुभएको छ।
  • सगरमाथा आरोही बोहराले खेलकुदसँगै जिल्लाको शिक्षा, स्वास्थ्य र मानवीय सेवामा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएको छ।
  • उहाँको निरन्तर सहयोगप्रति क्लबका अध्यक्ष राजेन्द्र रोकायले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।

रतन बहादुर रावल मुगु– खेलकुद र समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका समाजसेवी अक्कल बहादुर बोहराले मुगुको रारा मुर्मा युवा क्लबलाई सहयोग गर्नुभएको छ।

Workplace

अक्कल कोपिला फाउन्डेसनका संस्थापक एवं मुगु जिल्लाकै पहिलो सगरमाथा आरोही बोहराले क्लबद्वारा आयोजित भलिबल खेलकुद प्रतियोगिताका लागि खेलाडी सहयोग सौजन्य गर्नुभएको हो।

- Advertisement -Workplace

पूर्व सशस्त्र प्रहरी बलका हवलदार समेत रहनुभएका खेल जगतका नक्षत्र बोहरा हाल स्पेनको कोस्टा ब्लङ्‌का मा बस्दै आउनु भएका बोहरा आफ्नो जन्मभूमिका लागि निरन्तर सहयोगी मन बनेर उभिनुभएको छ। उहाँले मुगु जिल्लामा खेलकुद क्षेत्रको विकास मात्र नभई स्वास्थ्य, शिक्षा र मानवीय सेवाका विविध क्षेत्रमा समेत लामो समयदेखि सहयोग पुर्‍याउँदै आउनुभएको छ।

हस्पिटलमा उपचार नपाएर छटपटाइरहेका बिरामीदेखि लिएर दीन-दुःखी र असहाय व्यक्तिहरूका लागि उहाँ सधैँ ‘भगवान’ सरह बनेर सहयोगी हात फैलाउँदै आउनुभएको छ।

विगतका वर्षहरूमा पनि मुर्मा गाउँको खेलकुद र शैक्षिक क्षेत्रमा उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको थियो। यसपटकको भलिबल प्रतियोगितालाई सफल पार्न उहाँले पुर्‍याउनुभएको सहयोगप्रति भलिबल खेल आयोजक समितिका अध्यक्ष राजेन्द्र रोकायले आभार व्यक्त गर्नुभएको छ।

अध्यक्ष रोकायले भन्नुभयो, “हामीलाई खेलकुद मात्र नभई हरेक क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएकोमा आदरणीय अक्कल बहादुर बोहरा ज्यू र अक्कल कोपिला फाउन्डेसनलाई रारा मुर्मा युवा क्लब र सिङ्गो गाउँको तर्फबाट हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेका छन

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?