
- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।
- मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भई ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।
काठमाडौ -चालु साताको पहिलो कारोबार दिन आइतबार ह्वात्तै ओरालो लागेको सुनचाँदीको मूल्य सोमबार पुनः उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कायम भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
