

कपिलवस्तु। मधुबन सामुदायिक वन उपभोक्ता समूह बाडगंगा -८ कपिलवस्तुको ९औँ महाधिवेशनबाट दीपक कुमार सापकोटा अध्यक्षमा विजयी हुनुभएको छ।
अध्यक्ष पदका उम्मेदवार सापकोटाले ४०० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी अनिता थापालाई १६२ मतको फरकले पराजित गर्नुभएको हो। थापाले २३८ मत, शालिग्राम भुसालले १४३ मत, र गोविन्द पौडेलले १७ मत प्राप्त गरेका छन्।
विजयपछि नवनिर्वाचित अध्यक्ष सापकोटाले भन्नुभयो,“यो जित व्यक्तिगत सम्मानभन्दा बढी जिम्मेवारी हो। उपभोक्ताले देखाउनुभएको विश्वासलाई म कर्मका माध्यमबाट प्रमाणित गर्नेछु। अबको प्राथमिकता वन संरक्षणलाई आधुनिक बनाउने, स्रोतसाधनको पारदर्शी उपयोग गर्ने र हरेक निर्णयमा समुदायको सहभागिता सुनिश्चित गर्ने हुनेछ।”
उहाँले सामुदायिक वनलाई ‘स्थानीय स्वामित्व, सहकार्य र दिगो विकासको केन्द्र’ बनाउने संकल्प पनि व्यक्त गर्नुभयो।

