कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको गठबन्धनमा खटपट हुँदा सरकार फेरबदलको सम्भावना बढेको छ।
  • कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेपछि एमालेले नेकपासँग नयाँ सत्ता समीकरणको गृहकार्य सुरु गरेको छ।
  • प्रदेशसभाको गणितअनुसार कांग्रेस बाहिरिएमा सरकारको भविष्य नयाँ मोडमा पुग्ने निश्चित देखिएको छ।

काठमाडौ -नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा देखिएको असमझदारीसँगै लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना बढेको छ । पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ ।

Workplace

एमालेका चेतनारायण आचार्य कांग्रेसको समर्थनमा २०८१ साउन ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । हाल प्रदेश सरकारमा कांग्रेसका पाँच जना मन्त्री सहभागी छन् ।

- Advertisement -Workplace

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य कायम छन् । जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य रहेका छन् । नेकपाका १३ सदस्यमध्ये एक जना सभामुख हुनुहुन्छ ।

कांग्रेसले समर्थन फिर्ता लिएमा एमालेले नयाँ सत्ता समीकरणका लागि नेकपासँग सहकार्यको प्रयास गर्ने संकेत दिएको छ । लुम्बिनी प्रदेश सरकारका मन्त्री तुलसी चौधरीले कांग्रेससँगको गठबन्धन कायम रहोस् भन्ने एमालेको चाहना रहेको बताउँदै कांग्रेस सरकारबाट बाहिरिए नेकपासँग सत्ता सहकार्यबारे छलफल हुन सक्ने बताउनुभयो ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जनता समाजवादी पार्टी नेपालका २, जनमत पार्टीका ३, जसपाका १, राष्ट्रिय जनमोर्चाका १ तथा एक स्वतन्त्र सांसद रहेका छन् । कांग्रेसको निर्णयपछि लुम्बिनी प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुग्ने देखिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?