रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

समाचार सारांश
Auto Generated by AI
  • भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सारिएको छ।
  • संसद् सचिवालयका अनुसार अब बैठक शुक्रवार दिउँसो १ बजे बस्नेछ।
  • चितवनमा जारी रास्वपाको महाधिवेशनका कारण बैठकको समय परिवर्तन भएको हो।

काठमाडौ – भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सरेको छ ।

Workplace

सङ्घीय संसद् सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।

यसअघि भोलि बिहान ११ बजे बस्ने गरी बैठक बाेलाइएकाे थियो । तर आज सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते अर्थात् पर्सि शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

चितवनमा चलिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन धकेलिएका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद रहेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?