पहिचान खुल्न नसकेका शवको व्यवस्थापन गरिँदै

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीका कारण बगेर आएका ३२१ शव चितवनमा फेला परेका छन्।
  • पहिचान हुन नसकेका शवहरूको डीएनए सुरक्षित राखी देवघाटमा व्यवस्थापन गरिएको छ।
  • अहिलेसम्म १२ जनाको मात्र पहिचान खुलेको छ र अन्यको अभिलेख राखिएको छ।

काठमाडौं ।रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवनसम्म आइपुगेका शव फेला पर्ने क्रम जारी छ । चितवनमा हालसम्म ३२१ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

Workplace

फेला परेका शवमध्ये १२ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका ११ पुरुष र एक बालिकाको शव आफन्तले बुझिलगेका छन् । पहिचान हुन नसकेका अन्य शवलाई आवश्यक प्रक्रिया पूरा गरी देवघाट क्षेत्रमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

चितवन प्रहरीले दिएको विवरणअनुसार सोमबार मात्रै ८१ वटा बेवारिसे शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमा १३ महिला, १६ पुरुष, दुई बालिका, चार बालक तथा ४६ वटा अन्य शव छन् ।

यसअघि भदौ १३ गते ९६ र भदौ १४ गते १०३ वटा बेवारिसे शव व्यवस्थापन गरिएको थियो । सोमबार थप ८१ शव व्यवस्थापन भएसँगै चितवनमा हालसम्म देवघाट क्षेत्रमा व्यवस्थापन गरिएका बेवारिसे शवको संख्या २८० पुगेको छ ।

चितवनमा फेला परेका कुल ३२१ शवमध्ये ११६ पुरुष, ६६ महिला, सात बालक, छ बालिका र १२६ जना अन्य रहेका छन् ।

पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले खोजी गर्दा सहज होस् भन्ने उद्देश्यले शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । साथै, प्रत्येक शवलाई निश्चित संकेत नम्बर दिएर अभिलेख राख्दै देवघाट क्षेत्रको जंगलमा डोजरको प्रयोग गरी जमिनमुनि व्यवस्थापन गरिएको छ ।

यसरी शव व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिल्याउन र आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?