माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी: ‘२५० पालिका जितेर पहिलो पार्टी बन्छौं’

विराटनगर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा २५० पालिकामा विजय हासिल गर्दै पहिलो पार्टी बन्ने दाबी गरेका छन्। मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले २०७९ को निर्वाचनमा १२२ पालिकामा विजय हासिल गरेको माओवादीले यसपटक १२३ पालिकासहित थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।

Workplace

प्रचण्डले १६ मंसिरमा सम्पन्न उपनिर्वाचनबाट माओवादीले विरोधीहरूलाई प्रभावशाली जवाफ दिएको बताउँदै ग्रामथान र उदयपुरका जितहरूले पार्टीलाई नयाँ उचाइ दिएको दाबी गरे। ‘पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले माओवादी कमजोर भएको भन्दै फैलाइएको अफवाहलाई खण्डन गर्दै अब पार्टीले आफ्नै बलबुतामा अघि बढ्ने र भ्रष्टाचारको जरा उखेलेर देशलाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने प्रतिवद्धता जनाए।

ग्रामथानबासीले माओवादीलाई ठूलो साथ दिएको उल्लेख गर्दै उनले जनताको समस्या समाधानका लागि आफ्नो निवास खुला रहने प्रतिवद्धता जनाए। ‘२०६४ को जनमत र वर्तमान परिस्थितिमा हाम्रो सुझबुझपूर्ण चेतना मिल्यो भने नेपाललाई परिवर्तनको नयाँ मोडमा लैजान सक्छौं,’ उनले भने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?