पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

समाचार सारांश
Auto Generated by AI
  • फ्लाई दुबईले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको आज एक महिना पूरा भएको छ।
  • एक महिनाको अवधिमा ३० वटा उडानमार्फत ६ हजार ३६२ जना यात्रुले सेवा लिएका छन्।
  • विमानस्थलको दिगो सञ्चालनका लागि पोखराबाट बाहिरिने यात्रुको संख्या बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

काठमाडौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले आज एक महिना पूरा गरेको छ। फ्लाई दुबईले गत ७ असोजदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।

Workplace

एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा ४ हजार ५२१ र पोखरा–दुबई १ हजार ८४१ गरी ६ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए। उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ।

- Advertisement -Workplace

‘नेपालीहरूको ठूला चाड दसैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुहरूको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरूसमेत बढिरहेका छन्। सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजीक्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गर्नुपर्छ’, महाप्रवन्धक निरौलाले भने।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए। उनले पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ। पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजीक्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ’, प्रमुख आचार्यले भने।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन्।

फ्लाई दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान विन्दु बनाउन आग्रह गरेका छन्।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

१७ पुस २०७९ मा उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। कहिलेकाँही अन्तर्राष्ट्रिय चार्टर उडान हुनुबाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो। फ्लाई दुबईको उडानपछि अन्य विमान कम्पनीसमेत पोखरामा उडान भर्न आकर्षित भएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?