विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

समाचार सारांश
Auto Generated by AI
  • गृहमन्त्रीले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सबै निकायलाई निर्देशन दिएका छन्।
  • लागूऔषध नियन्त्रणका लागि सीमा वारपारको समन्वय र प्रभावकारी योजना बनाइने भएको छ।
  • प्रहरीले लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्दै जनचेतनाका कार्यक्रमलाई जोड दिएको छ।

काठमाडौ – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन्।

Workplace

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन्।

- Advertisement -Workplace

उहाले विपद व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफुले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए।

खरिद प्रक्रिया लामो हुदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरि ऐन बनाउनुपर्नेमा उहाले जोड दिए।

मन्त्री गुरुङले यसपटकको बजेटको सिलिङ भन्दा २० अर्व बढि रुपैया थप भएपनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे।

उनले परम्परागत सुधारका प्रणालीबाट अव लागुऔषध नियन्त्रणमा आउन नसक्ने नदेखिएकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिए।

क्रस बोर्डरबाट लागू औषध ओसारपसार देखिएकाले दुवैदेशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अप्रेसन गर्न जरुरी देखिएको उहाको भनाइ छ।

त्यसैगरि बैठकमा प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले अहिले सबभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा लागुऔषध कारोबार बढि देखिएको जानकारी दिए।

लागुऔषध नियन्त्रणका लागि निर्मम भएर कारवाही अघि बढाइएको उनले बताए।

उनले पछिल्लो समय कार्गो कुरियरमार्फत समेत ओसारपसार भएकाले प्रहरीले निरन्तरण निगरानी गरिरहेको उल्लेख गरे।

लागुऔषध नियन्त्रणका लागि कारवाही भन्दा पनि सचेतना जरुरी रहेकाले समूदायमा गएर आवश्यक कार्यक्रमहरु समेत सञ्चालन भइरहेको उनको भनाइ छ।

बैठकमा समिति सदस्यहरुले लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन्।

बैठकमा समिति सदस्य निश्कल राईले लागुऔषध नियन्त्रणका लागि जिल्ला र स्थानीय तहको निकायको काम प्रभावकारी हुन नसकेको बताए।

मेडिकल व्यवसायीहरु नै लागुऔषध बेचबिखनमा लागेको भन्दै प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै समिति सदस्य पद्मा अर्यालले कारवाहीले मात्रै लागुऔषध नियन्त्रण नहुने भन्दै सचेतना आवश्यक रहेको बताए।

त्यस्तै अन्य सदस्यहरुले बिपद व्यवस्थापनको तयारी, लागुऔषध नियन्त्रणको प्रयास लगाएतका बिषयमा चासो व्यक्त गरेका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?