आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

समाचार सारांश
Auto Generated by AI
  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
  • आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने बैंकले जनाएको छ।

काठमाडौ -नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

Workplace

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ।

- Advertisement -Workplace

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुनसक्ने जनाएको छ।

वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक पर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?