विप्लवको पार्टीबाट दश दिने संघर्षका कार्यक्रम घोषणा, २० कात्तिकमा काठमाडौंमा सभा

कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १० दिने जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। कात्तिक २० गतेसम्म चरणबद्ध संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय पार्टीले सोमबार सार्वजनिक गरेको हो।

Workplace

पार्टीका अनुसार २४–३० असोजसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघर्षका कार्यक्रम पारित गरेको थियो। त्यसअनुसार १३ कात्तिकसम्म देशभर भित्ते लेखन, १५ कात्तिकमा राष्ट्रियस्तरमा मसाल जुलुस, १७ कात्तिकमा कोणसभा सहितको विरोध प्रदर्शन र २० कात्तिकमा काठमाडौंमा बृहत् जनसभा आयोजना गरिने कार्यक्रम छ।

- Advertisement -Workplace

भित्ते लेखन अभियानमा सर्वपक्षीय अन्तरिम सरकार गठन, अग्राधिकारसहितको समाजवाद, जेनजी आन्दोलनमाथिको दमनको छानबिन, रोजगारीको ग्यारेन्टी, भ्रष्टाचार छानबिन र दलाल प्रकृतिका एनजीओ खारेज जस्ता नारा लेखिने पार्टीले जनाएको छ।

मुख्य कार्यक्रमका रूपमा कात्तिक २० गते काठमाडौंमा आयोजना हुने सभामा पार्टी महासचिव विप्लवले सम्बोधन गर्नेछन्। पार्टीले स्वाधीनता, राष्ट्रवाद र समाजवादका पक्षधरलाई उक्त सभामा सहभागिताका लागि आह्वान गरेको छ।

विप्लवले सामाजिक सञ्जालमार्फत सोमबार संदेश जारी गर्दै भनेका छन्, “नेपाललाई हामी आफैंले परिवर्तन गर्छौं। भ्रष्ट, दलाल र परजीवी तत्वहरूको अन्त्य भएपछि मात्र देश आत्मसम्मानसहित अगाडि बढ्छ।” उनले २० कात्तिकका लागि काठमाडौंमा भेट्न आग्रह गरेका हुन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?