रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • रुकुम पश्चिमको सानीभेरीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा १२ जना घाइते भएका छन् जसमध्ये चार जनाको अवस्था गम्भीर छ।
  • गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको छ।

काठमाडौं।रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

Workplace

दुर्घटनामा परि १२ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज खड्काले जानकारी दिए। उनका अनुसार जीपमा १४ जना यात्रु सवार रहेका थिए।

आइतबार बिहान सानीभेरी गाउँपालिका ५ बाट वडा नम्बर ६ हुँदै वडा नम्बर ९ को सिम बजारतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो। अधिकृत खड्काका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल खसेको अनुमान छ।

दुर्घटनामा जीपका चालक सुन्दर खड्कासहित एक महिलाको घटनास्थलमै मृत्यु भएको नागरिकन्युजलाई उनले बताए। मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लैजाने तयारी गरिएको छ। चार जना बिरामीलाई हेलिकप्टरबाट रिफर गर्न तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ।

गम्भीर घाइतेमध्ये केही बोल्न सक्ने अवस्थामा नरहेको र टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?