झोलाको प्वालदेखि भविष्यको ढोका,, कविता सुरेली

काठमाडौ — कक्षाकोठामा किताबभन्दा ठूलै चुनौती उभिएको छ अभाव, थकान, खाली पेट, र अधुरा परिवारहरूको कथा।
शिक्षकको दायित्व केवल पाठ पढाउने होइन, कहिलेकाहीँ जीवनको हिज्जे मिलाउने पनि बनिदिनुपर्छ। यो देशमा शिक्षा चढ्न भर्‍याङ मात्र होइन, कहिलेकाहीँ ‘सुरेली’ बजाएरै बाटो बनाउनु पर्छ। यसै बिषयमा सरु सुधाले तयार पारेको कविता

Workplace

सरु सुधाले लेखनु भएको कविता सुरेली

- Advertisement -Workplace

कापी र कलमबिनाका
केही सुकोमल भविष्यहरू छन्
कुन चाहिँ पन्नामा कोरिदिऊँ
लक्ष्यसम्म पुग्ने मार्गचित्र?
दुई इन्च पुगनपुग लम्बाइ भएको सिसाकलम
कहाँसम्म तिखारूँ
कहाँ समात्न लगाएर लेखाऊँ ?
सुनौलो भोलि
कसरी बयान गरूँ ?
धनभन्दा विद्या ठूलो हुन्छ भनेर।

जब देख्छु नाकभरीको सिँगान
नङभरिको मयल
जकडिएका बाँसका जराझैँ जेलिएर
जुम्राका सन्तानवृद्धिमा तल्लीन
कपाललाई
व्यक्तिगत सरसफाइको तेल लगाइदिऊँ
कि गृहकार्य मागूँ?

जिन्दगीकै सपना चुहिने खतरा बोकेको झोलाको
प्वाल सिलाइदिऊँ कि
मिलाइदिऊँ जिन्दगीको हिज्जे?

“बा खै ?”
“थाछैन।”
“आमा खै?”
“पोइल।”
यी प्रश्नलाई परीक्षामा समावेश गरूँ कि नगरूँ?
बालमस्तिष्कमा लागेको हेलाको दाग
कुन चाहिँ इरेजरले मेटाइदिऊँ?

“आज के खायौ?”
“कालो चिया र बासी भात”
अब
“सन्तुलित भोजन” पाठमा कुन सामग्री प्रयोग गरूँ
र कस्ता क्रियाकलाप गराऊँ ?

बेइमानीको चोट पिउँदा पिउँदा
विकलताको पखाला र
नीरिहताको बान्ता गर्दै
मुर्झाएका अनुहारहरूलाई
“सन्चै छौ?” भनेर कसरी सोधूँ?

मेरा प्यारा विद्यार्थीहरूलाई
अभावको पुस्तकबाट समृद्धिको पाठ
पढाउनु छ मैले!!

शिक्षा नामको सुरिलो रुखमा
चढ्न र चढाउन
सबैतिर लिफ्ट र भर्‍याङ मात्रै छैनन्।

कतै कतै त सुरेली पनि खेल्नुपर्छ
मेरो देशमा!!!

( लेखक सरु सुधा अर्घाखाँची )

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?