सल्यान, भदौ ३ – जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा लुहाम–कालिमाटी सडकखण्डअन्तर्गत काभ्रा रामबजारदेखि कोल्चौर खोलासम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने सामान्य मर्मत कार्य सम्पन्न गरिएको हो ।

सडक समतलीकरण तथा मर्मत कार्यमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसी, इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङ, त्रिवेणी गाउँपालिका–१ का वडा अध्यक्ष दलबहादुर बस्नेत, स्थानीय युवा प्रतिनिधि सुकलाल खड्का, दाङबाट आएका समाजसेवी साथै स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यमा सम्पन्न सो श्रमदान कार्यक्रममा सडकका खाल्डाखुल्डी पुरी यात्रु तथा सवारी साधन आवागमन सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागीहरुले “समुदाय प्रहरी साझेदारी, श्रमको सम्मान प्रहरी श्रमदान” भन्ने भावनासहित सहकार्यको महत्वलाई जोड दिएका थिए।
