icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

सिमरा तनावग्रस्त: राजनीतिक दललाई सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ– रास्वपाको आग्रह

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलले शान्तिपूर्ण रूपमा सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्नेमा जोड दिएको छ। सिमरा घटनाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रवक्ता मनीष झाले सरकारले आवश्यक सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने बताएका हुन्।

Workplace

बारा–सिमरा क्षेत्रमा बुधबार एमालेका कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि वातावरण तनावग्रस्त बनेको थियो। झडपका क्रममा सिमराचोकस्थित स्वागतद्वार भत्काइने तथा सार्वजनिक संरचनामा तोडफोड हुने घटनासमेत भएका छन्।

सो घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै झाले भने, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ। यसका लागि सरकारले आवश्यक सुरक्षा सुनिश्चित गर्नुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ, यसमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको छ र सरकारको ध्यानाकर्षण गराउँछौँ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?