icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

कपिलवस्तुमा बस दुर्घटना: २८ जना घाइते, ३ गम्भीर

कपिलवस्तु — काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको चन्द्रौटा नजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएका छन्।

Workplace

ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका–७, बेलनदी नजिक लु प्र ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान करिब ४ः४५ बजे अनियन्त्रित भई पल्टिएको हो।

घटनामा ३ जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य २५ जना सामान्य घाइतेहरूको चन्द्रौटा क्षेत्रका दुई अस्पताल — संजीवनी सामुदायिक अस्पताललगायतमा उपचार भइरहेको छ। पाँच जना यात्रुलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि प्रहरी घटनास्थलमा पुगेको छ र आवश्यक अनुसन्धान अघि बढाइएको छ।  यात्रुहरूले सडक चिप्लो हुनु वा चालक निदाएको भएर दुर्घटना भएको हुन सक्ने बताएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?