राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान, चुनावअघि सहमतिको प्रयास तीव्र

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहित संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई समेट्दै राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ४ बजेका लागि शीतल निवासमा बैठक आह्वान गरेका हुन् ।

Workplace

राष्ट्रपतिका अनुसार बैठकको उद्देश्य आसन्न चुनावका तयारी, निर्वाचन प्रक्रिया सहज र विश्वसनीय बनाउन आवश्यक राजनीतिक सहमति तथा उत्पन्न समसामयिक राजनीतिक अवस्थामाथि साझा धारणा बनाउने हो ।

सरकारले यसअघि फागुन २१ गतेका लागि आम निर्वाचनको मिति तोक्दै निर्वाचन आयोगमार्फत कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । तर, चुनावको मिति नजिकिँदै जाँदा पनि प्रमुख दलबीच आवश्यक संवाद र सहमति हुन नसकेको अवस्थाले राजनीतिक अनिश्चितता बढाएको टिप्पणी भइरहेको छ ।

यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको थियो । सो भेटपछि राष्ट्रपति कार्यालयले राष्ट्रिय सहमति र चुनाव तयारीबारे विस्तृत छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जनाएको छ ।

बैठकमा सत्तारूढ र विपक्षी दलका शीर्ष नेताहरू, पूर्वप्रधानमन्त्रीहरू, प्रमुख संवैधानिक निकायका प्रतिनिधिहरू तथा निर्वाचन आयोगका पदाधिकारीहरू समेत सहभागी हुने बताइएको छ ।

निर्वाचन मिति तोकिएपछि पनि दलहरूबीच मतभेद कायम रहँदा आगामी राजनीतिक प्रक्रियामा चुनौतिहरू थपिएको देखिएको छ । सर्वदलीय बैठकले त्यो दूरी घटाउने र राजनीतिक सहकार्यका लागि साझा बाटो निकाल्ने अपेक्षा गरिएको धेरैको धारण रहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?